चार्ली हेब्दोमा विश्व तरंगित बनाउने कार्टुन बनाउने कार्टुनिस्टको मृत्यु

डिसी नेपाल
४ साउन २०७८ १४:४३

काठमाडौं। गत वर्ष फ्रान्सको एक अखबार चार्ली हेब्दोमा प्रकाशित कार्टुनका कारण फ्रान्सका एक शिक्षकको घाँटी काटेर हत्या भयो । इस्लामप्रति लक्षित यो कार्टुनका कारण इस्लामिक देशहरु निकै आक्रोशित भएका थिए । यो विवादित कार्टुनका रचनाकार कार्टुनिस्टको निधन भएको छ । यी डेनिस कार्टुनिस्टको ८६ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि बिरामी कार्टुनिस्ट कुर्ट वेस्टरगार्डको सुतिरहेकै अवस्थामा निधन भएको बर्लिंग्स्के अखबारले जनाएको छ । उनले यो अखबारसम्म १९८० देखि काम गरिरहेका थिए । तर, २००५ मा मोहम्मदको कार्टुनका कारण उनी विश्व चर्चित भएका थिए । इस्लाममा भने पैगम्बर मुहम्मदको स्वरुपलाई यसरी बिगार्नु प्रतिबन्धित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *