महिलाले २ वर्षकी बालिकालाई कारमा लक गरेर बिर्सिइन्, ७ घण्टापछि फर्किंदा…

डिसी नेपाल
४ साउन २०७८ १५:१९

काठमाडौं। कारमा मानिसहरु आफ्ना सामान बिर्सिने गर्छन् । तर, अमेरिकाको फ्लोरिडामा एक महिलाले २ वर्षकी बालिकालाई कारमा बिर्सिइन् । बालिकाले सिट बेल्ट लगाएकी थिइन् । महिला कार सडकमा राखेर घरमा गइन् । ७ घण्टापछि जब उनी फर्किइन्, उनको होस उड्यो । कारभित्र बालिकाको मृत्यु भइसकेको थियो ।

पुलिसले आरोपी महिलालाई गिरफ्तार गरेको छ । फ्लोरिडाकी ४३ वर्षीय जुआना पेरेज डोमिंगोलाई पुलिसले शनिबार गिरफ्तार गरेको छ । उनले ७ घण्टासम्म बालिकालाई कारमा सिट बेल्टले बाँधिएको अवस्थामा छोडेका कारण बालिकाको मृत्यु भएको आरोप उनीमाथि लगाइएको छ । एनबीसी मियामीको रिपोर्टअनुसार २ वर्षकी बालिकाको नाम जोसलिन मारित्जा मेन्डेज हो ।

पुलिसका अनुसार महिलामाथि बालबालिकालाई डे केयरमा लैजाने जिम्मेवारी थियो । शुक्रबार आरोपी महिला २ वर्षकी जोसलिनलाई घरबाट डे केयर लैजानको लागि निस्केकी थिइन् । तर, साढे ६ बजे डे केयर सेन्टर खुलेको थिएन त्यसैले उनले बालिकालाई आफ्नो घर लिएर गइन् । बिहान ८ बजे आरोपी महिला पेरेज डोमिंगोले बालिकालाई आफ्नो टोयोटा सिएना मिनी भ्यानभित्र तेस्रो लाइनमा छोडिन् । बालिकाको सिट बेल्ट बाँधिएको थियो । बालिकालाई त्यहीँ बिर्सिएर उनी आफ्नो घरभित्र गइन् ।

३० डिग्री सेल्सियस भन्दा अधिक तापमानमा कारभित्र बसेकी बालिकाको हालत बिग्रियो । पेरेज डोमिंगो ७ घण्टापछि ३ जे मात्रै भ्यानमा फर्किएर आइन् । त्यतिबेला बालिकाको मृत्यु भइसकेको थियो । पुलिसका अनुसार उनले आपतकालीन सेवालाई फोन गर्नुको सट्टा बालिकाकी आमालाई फोन गरिन् र बालिकाको मृत्यु भएको सूचना दिइन् । त्यसपछि उनी बालिकाको लाश लिएर उनको घर गइन् । पेरेज डोमिंगोलाई ५० हजार डलर जरिवाना लगाइएको छ । उनको पक्षमा कुनै वकिल पनि छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *