राज कुन्द्रा केसः हरेक हप्ता यसरी रिलिज हुन्थे पोर्न फिल्म, जाँचमा भए कैयौं नयाँ खुलासा

डिसी नेपाल
५ साउन २०७८ १३:०८

काठमाडौं। पोर्नोग्राफिक कन्टेन्ट बनाएको अभियोगमा गिरफ्तार भएका व्यवसायी राज कुन्द्राका विषयमा अब कैयौं नयाँ खुलासा भएका छन् । पछिल्लो जानकारी अनुसार राज कुन्द्रा एक यस्तो ह्वाट्सएप ग्रुपका सदस्य थिए जसमा पोर्न फिल्मसँग सम्बन्धित पूरै व्यवसायका बारेमा चर्चा हुन्थ्यो । यो ह्वाट्सएप ग्रुपको नाम एच अकाउन्ट हो । यसमा राज कुन्द्रासहित अन्य ५ नामी व्यक्तिहरु पनि थिए ।

यी सबैजना पोर्नोग्राफिक कन्टेन्ट बनाउने व्यवसायमा सहभागी थिए । यी व्यक्तिहरुको ह्वाट्सएप च्याट पनि सार्वजनिक भएको छ जसमा राज कुन्द्रा यो व्यवसायको मार्केटिङ, सेल्स र मोडललाई दिनुपर्ने पैसाजस्ता विषयमा कुरा गरिरहेका छन् । उनले कसरी रिभेन्युमा केन्द्रित हुने, मोडलहरुलाई कसरी पैसा दिने र कसरी व्यवसायको रेभेन्युलाई बढाउने भन्ने विषयमा पनि उनले कुरा गरेका छन् ।

मुम्बइ पुलिसको क्राइम ब्रान्चले गएराती फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरेको थियो । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा केस दर्ता गरिएको थियो । उनीमाथि पोर्नोग्राफिक कन्टेन्ट बनाउने र त्यसलाई मोवाइल एपमा प्रकाशित गर्ने व्यवसायमा संलग्न भएको आरोप छ । जानकारीका अनुसार यो पूरै मामिलामा अहिलेसम्म ६ गिरफ्तारी भइसकेको छ ।

मुम्बइ पुलिसले राज कुन्द्राविरुद्ध कैयौं प्रमाण भेटिएको दावी गरेको छ । सोमबार राती करिब ९ बजे क्राइम ब्रान्चको अफिस भायखाला पुगेका राज कुन्द्रालाई २ घण्टा सोधपुछपछि पुलिसले गिरफ्तार गरेको थियो । बिहान ४ बजे मेडिकल परीक्षणका लागि जेजे अस्पताल लगेपछि मुम्बइ पुलिस कमिश्नरको कार्यालय लगिएको थियो ।

अश्लील फिल्म बनाएर तिनीहरुलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोपमा पुलिसले कैयौं अहम सुराग भेटेको छ । मुम्बइ पुलिसका अनुसार फिल्म उद्योगमा काम खोज्दै मुम्बइ आएका युवतीहरुलाई ठूलो फिल्ममा रोल दिने लोभमा फसाइन्थ्यो । हरेक हप्ता अश्लील फिल्म रिलिज गरिन्थ्यो । फिल्म बनाएपछि एप र ओटिटी प्लेटफर्ममा रिलिज गरेर लाखौं कमाइन्थ्यो ।

फिल्म बनाउन मुम्बइको मलाड वेस्टमा एउटा बंगला भाडामा लिइएको थियो । जतिबेला यो बंगलामा छापा मारियो त्यतिबेला पनि यो बंगलामा अश्लील फिल्मको सुटिङ भइरहेको थियो । मुम्बइ पुलिसका अनुसार अश्लील फिल्म रिलिज गर्नको लागि हटशट नामको एप बनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *