साउदीमा कोरोना खोप लगाएकाले क्वारेन्टिन बस्नु नपर्ने

डिसी नेपाल
७ साउन २०७८ १३:३२

काठमाडौं । साउदी अरेबियाले कोरोनाविरुद्ध फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदीले मान्यता दिएको खोप लगाएका व्यक्तिहरु त्यहाँ पुगेर क्वारेन्टिनमा बस्नु पर्दैन ।

साथै, उक्त खोप लगाएका व्यक्तिलाई साउदीले आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्रमित हुन पुगेका छन् ।

त्यसैले कैयौं देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका तथा एक मात्राको जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई आफ्नो देश प्रवेश गर्न दिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *