राष्ट्रपति र प्रधानमन्त्रीको भिडियो ट्रोल बनाउने पक्राउ
सांकेतिक तस्वीर-
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको भिडियो तथा फोटो जोडेर टिकटक भिडियो बनाउने व्यक्ति पक्राउ परेका छन्। झापाका सोम प्रसाद घिमिरेलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ।
ब्यूरोका अनुसार पक्राउ परेका घिमिरेमाथि विद्युतीय कारोबार ऐन अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ। अदालतले घिमिरेलाई ७ हिरासतमा राख्न अनुमतिसमेत दिएको छ।
सामाजिक सञ्जालमाहरुमा राष्ट्रपति तथा प्रधानमन्त्रीलाई जोडेर भिडियोहरु बनाइएपछि प्रहरीले भिडियो बनाउनेको खोजी गरेको थियो। सामाजिक सञ्जालमा यस्ता ट्रोल भिडियो दर्जनौं भेटिन्छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment