काँग्रेस नेता पौडेलले लिए प्रचण्ड पत्नि सीताको स्वास्थ्यबारे जानकारी
काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार बिहान खुमलटार पुगेका छन्।
प्रचण्डकी छोरी गंगा दाहालले पौडेल बिहानै प्रचण्ड निवास आएको जानकारी दिएकी छन्।
गंगाले काँग्रेस नेता पौडेलले सीता दाहाललाई नमस्ते गरेको तस्वीर सार्वजनिकसमेत गरेकी छन्। लामो समयदेखि अस्वस्थ सीता दाहालको स्वास्थ्यबारे जानकारी लिन यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता गोपालमान श्रेष्ठ पनि खुमलटार पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment