श्रीलंकाविरुद्ध भारतको लज्जास्पद ब्याटिङ

डिसी नेपाल
१४ साउन २०७८ २१:५५

काठमाडौं । श्रीलंकाविरुद्ध तेस्रो तथा अन्तिम टी२० खेल खेलिरहेको भारतले लज्जास्पद ब्याटिङ गरेको छ । कोलम्बोमा जारी खेलमा भारतले श्रीलंकालाई मात्र ८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८१ रन बनायो । त्यसका लागि कुलदिप यादवले सर्वाधिक २३ रन बनाए । यस्तै भुवनेश्वर कुमारले १६ रन बनाउँदा रुतुराज गायक्वाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । श्रीलंकाका वानिन्दु हसरंगाले ४ अ‍ोभर बलिङगर्दै ९ रन दिएर ४ विकेट लिए । जुन भारतविरुद्ध कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ फिगर हो । यस्तै दसुन शनाकाले २ विकेट लिए ।

टी२० अन्तर्राष्ट्रियमा भारतको नाममा सबैभन्दा कम ७४ रन रहेको छ । जुन सन् २००८ मा अस्ट्रेलियाविरुद्ध बनाएको थियो । जारी सिरिजमा भारत र श्रीलंकाले १–१ खेल जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *