कीर्तिमानी खेलाडी महवुव आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग

डिसी नेपाल
१४ साउन २०७८ २२:०२

बद्रिबास। प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले बुधवार सम्पन्न बैठकमा बिभिन्न महत्वपुर्ण १५ वटा निर्णय गरेको छ।

महोतरीको बर्दिवासस्थित पावन मिथिला होटलमा भएको बैठकले कीर्तिमानी खेलाडी महवुव आलमको सन्यासलाई भब्यतापूर्वक सम्पन्न गर्न नेपाल क्रिकेट संघसँग छलफल गरेको छ। सप्तरीमा जन्मभुमि भएका गिनिज वल्र्ड रेर्कड धारी विश्व कीर्तिमानी महवुव आलमले निकट भविष्यमा नै सन्यास घोषणा गर्ने जानकारी गराए अनुसार उनको बिदाइमा कुनै कसर कमी हुन नदिन प्रदेशले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी गराए।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को सदस्य रोशन सिंहको बिशेष उपस्थितिमा भएको बैठकले प्रदेशका खेलाडीहरुको स्वास्थ्य र जीवनलाई ध्यानमा राखी प्रदेशका खेलाडीहरुको ५ लाख बरावरको बीमा गर्न सदस्य आकाश पाण्डेयलाई संयोजक तोकिएको छ। उनले पेश गरेको प्रतिवेदनको आधारमा खेलाडीहरुको बीमा प्रक्रिया अगाडि बढाइने समेत संघले निर्णय गरेको छ।

बैठकले महिला राष्ट्रिय खेलाडी शोभा आलेलाई कार्यालय सचिवको रुपमा नियुक्त गर्ने समेत निर्णय गरेको छ भने प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को सुबिधा सम्पन्न कार्यालय बर्दिवासमा राखी यहि साउन २९ गतेबाट नियमित रुपमा संचालन गर्ने समेत निर्णय गरेको छ।

यस्तै हालै निधन भएका राष्ट्रिय खेलाडी कुन्दन सिंहको बचाउ अभियान अन्र्तगत बचत भएको रकमलाई एकत्रित गरि स्व. कुन्दन सिंह अक्षय कोष स्थापना गरी उक्त कोषलाई प्रदेश २ अन्र्तगतका खेलाडीहरुको स्वास्थ्य उपचारमा खर्च गर्ने समेत निर्णय गरिएको छ।

प्रदेश २ को टोलीको हालको प्रर्दशनलाई गम्भिर रुपमा लिई अगामी दिनमा बन्द शिविरको आयोजना प्रतियोगिता संचालन हुने स्थानमा नै गर्ने निर्णय गरेको छ।

प्रदेश २ का अम्पाएर तथा स्कोर तालिम भदौको दोश्रो साता सप्तरीको राजबिराजमा संचालन गर्ने, पिच क्युरेटरको माग, प्रदेश संघको आर्थिक अवस्थामा सुदृढिकरण गर्न कोषाध्यक्ष पवन कुमार गुप्ताको संयोजकत्वमा अध्यक्षसँगको समन्वयमा जिम्मेवारी दिइने, जनवरी २०२० देखि डिसेम्वर २०२० सम्मको खर्चको अनुमोदन, उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्यद्वोय निरज कार्की र आकाश पाण्डेय रहने गरि प्रतियोगिता संचालन समिति गठन गर्ने निर्णय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *