श्रीलंकाको ऐतिहासिक जित

डिसी नेपाल
१४ साउन २०७८ २३:२०

काठमाडौं । भारतविरुद्धको टी२० सिरिज श्रीलंकाले जितेको छ । बिहिबार भएको अन्तिम खेलमा भारतलाई ७ विकेटले हराउँदै घरेलु टोलीले सिरिज कब्जा गरेको हो । योसँगै श्रीलंकाले भारतविरुद्द पहिलो सिरिज पनि जितेको छ ।

कोलम्बोमा भएको खेलमा भारतले दिएको ८२ रनको लक्ष्य श्रीलंकाले ३३ बल बाँकी हुँदै मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । त्यसका लागि धनन्जय डि सिल्भाले २३ रन बनाए । यस्तै मिनोद भानुकाले १८ तथा वानिन्दु हसरंगाले १४ रन बनाए । भारतका राहुल चहरले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाएर मात्र ८१ रन बनाएको थियो । त्यसका लागि कुलदिप यादवले सर्वाधिक २३ रन बनाए । यस्तै भुवनेश्वर कुमारले १६ रन बनाउँदा रुतुराज गायक्वाडले १४ रन बनाए । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । श्रीलंकाका वानिन्दु हसरंगाले ४ अ‍ोभर बलिङगर्दै ९ रन दिएर ४ विकेट लिए । जुन भारतविरुद्ध कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ फिगर हो । यस्तै दसुन शनाकाले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *