कतारमा खोप लगाएकालाई अनिवार्य क्वारेन्टिन, खोप नलगाएकालाई प्रवेशमा निषेध

डिसी नेपाल
१५ साउन २०७८ २१:२३

काठमाडौं । अबदेखि कोभिडविरुद्धको खोप लगाएका नेपालीलगायत विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । पछिल्लो समय कतारमा कोरोना संक्रमित फेरि बढ्न थालेपछि कतार सरकारले आज(शुक्रबार) नयाँ नीति लागू गर्दै खोप लगाएकालाई पनि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको हो ।

यो नियम आउदो २ अगष्टदेखि लागू हुने जनाइको छ । यसअघि खोप लगाइसकेका यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने नियम रहेको थियो । तर, अब भने नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले क्वारेन्टिनको पालना गर्नुपर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ लागू गरिएको मापदण्ड यस्ता छन्:

कतारमा दुबै मात्रा खोप लगाएका वा कतारमा कोभिड–१९ संक्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारेन्टिन बस्नुपर्ने । दोश्रो दिनमा पिसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका क्यूआईडी वाहक यात्रुहरूले १० दिन होटल क्वारेन्टिन बस्नु पर्ने ।

खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेश भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *