टाेकियाे ओलम्पिकमा ३३५ खेलाडीले आफ्नो देशको नाम र झण्डामुनि किन खेल्न पाएनन् ?

डिसी नेपाल
१६ साउन २०७८ १६:१०

काठमाडौं। आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलको महाकुम्भ अर्थात ओलम्पिकमा खेल्नु खेलाडीको सपना हुन्छ । तर, जारी टोक्यो ओलम्पिकमा ३३५ जना यस्ता खेलाडी छन् जसले आफ्नो देशको नाम, झण्डा र राष्ट्रगानको उपयोग गर्न पाउँदैनन् । यी खेलाडीहरु रुसमा हुन् र उनीहरु रुसी ओलम्पिक कमिटी अर्थात आरओसीको झण्डामुनि रहेर जारी ओलम्पिकमा सहभागी भएका छन् । यिनीहरुको पदक पनि आरओसीको नाममा जारी भएका छन् र आरओसीको झण्डा रुसको झण्डाभन्दा फरक छ ।

ऐतिहासिक रुपमा रुस विश्वका ती देशहरुमध्ये एक हो जो खेल प्रतिस्पर्धाहरुमा शीर्षमा रहन्छन् । यो क्षेत्रफलको हिसाबले संसारको सबैभन्दा ठूलो देश हो र २०१६ रियो ओलम्पिकमा ५६ पदकका साथ पदक तालिकाको चौथौ स्थानमा थियो । तर, वर्ल्ड एन्टि डोपिङ एजेन्सी (वाडा) ले २०१९ मा रुसमाथि टोक्यो ओलम्पिक, २०२२ को फिफा विश्वकप समेत सबै प्रमुख खेल प्रतियोगितामा सहभागी हुन ४ वर्षको लागि प्रतिबन्ध लगाएको छ ।

२०२० मा यो प्रतिबन्धविरुद्ध कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टमा रुसले अपिल गरेको थियो । अपिलपछि प्रतिबन्धलाई घटाएर २ वर्षमा झारियो । अब यो प्रतिबन्ध डिसेम्बर २०२२ सम्म रहनेछ । ह्विसलब्लोअर्स र जाँचकर्ताहरुले रुसमाथि योजनाबद्ध तरिकाले कैयौं वर्षसम्म डोपिङ कार्यक्रम चलाएको आरोप लगाए र यो यति संगीन थियो कि अन्तर्राष्ट्रिय महासंघहरुले विश्वभरका प्रमुख आयोजनामा रुसी खेलाडीहरुलाई प्रतिबन्ध लगाउन बाध्य हुनुपर्यो ।

सेप्टेम्बर २०१८ मा कैयौं जाँचपछि वाडाले यो शर्तमा प्रतिबन्ध हटायो कि रुस आफ्नो मस्को प्रयोगशालामा भएको खेलाडीको डाटालाई डोपिङ नियामक संस्थालाई सुम्पिनेछ ताकि ती सयौं खेलाडीबारे पत्तँ लगाउन सकियोस् जसले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डोपिङ गरेका थिए । तर त्यसपछि रुसमाथि यी डाटामा हेरफेर गरेको आरोप लगाइयो र वाडा प्यानलले रुसमाथि प्रतिबन्ध लगायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *