फुटबल टोलिका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

डिसी नेपाल
१८ साउन २०७८ १६:३४
1.6k
Shares

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।

आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सार्वजनिक रुपमा माफी मागेका हुन् ।

केही दिनअघि अल्मुताइरीले सामाजिक सञ्जालमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गरे पनि एन्फामा राजीनामा भने दिएनन्।

कुवेती प्रशिक्षकले चैत २३ गतेदेखि नेपाली फुटबलको प्रशिक्षण समाल्हेका थिए। एन्फाले उनलाई एक वर्षका लागि प्रशिक्षक नियूक्त गरेको थियो। तर, ४ महिना नबित्दै उननी विवादित बनेका छन।

उनको नेतृत्वमा विश्वकफ फुटबल छनोटको अन्तिम चरण खेलेको नेपालले केही सुधारात्मक खेल खेलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *