जापानमा ओलम्पिक भइरहेको ठाउँमा ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
२० साउन २०७८ १४:४३

काठमाडौं। जापानको राजधानी टोक्योमा ओलम्पिकका खेलहरु भइरहेको स्थानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान साढे ५ बजे टोक्योको पूर्वतर्फ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । ओलम्पिक खेलका लागि टोक्योमा रहेका खेलाडी र पत्रकारहरुले ३ मिनेटसम्म भूकम्पको धक्का र परकम्प महसुस भएको बताएका छन् ।

भूकम्पको केन्द्रविन्दु जमिनबाट ४० किलोमिटर पर ३० किलोमिटर गहिराइमा भएको बताइएको छ । सिएनएनका रिपोर्टर विल रिप्लेले ट्वीट गर्दै भनेका छन् ‘अहिले टोक्योमा भूकम्प गयो । मैले करिब ३० सेकेण्डसम्म धक्का महसुस गरें । अहलेसम्म गइरहेको छ ।’ अर्का एक पत्रकारका अनुसार त्यहाँ ३ मिनेटसम्म जमिनमा हलचल भएको थियो । भूकम्प गएका बेला अस्ट्रेलियाका रिपोर्टर मार्क बेरेट्टा सूर्योदयको दृश्य लाइभ गर्दै थिए ।

अधिकारीहरुले भूकम्पबाट कुनै क्षति नभएको र सुनामीको पनि जोखिम नभएको बताएका छन् । जापान टेक्टोनिक प्लेटहरुको जोखिम क्षेत्रमाथि रहेकोले यहाँ भूकम्पको धक्का महसुस भइरहन्छ त्यसैले टोक्यो पहिले नै यहाँ भूकम्पको धक्का महसुस हुन सक्ने जोखिमप्रति तयार थियो । ओलम्पिक खेल भइरहेको स्थान भूकम्प प्रतिरोधी मात्र नभइ साढे ६ फिटसम्मको सुनामी समेत रोक्न सक्ने गरी बलियो पर्खालले छेकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *