केटीहरुसँग फोटो खिचाउनु परे किन भाग्छन् यी मार्शल आर्ट खेलाडी ? आश्चर्यजनक छ कारण

डिसी नेपाल
२१ साउन २०७८ १६:२४

काठमाडौं। दक्षिण कोरियाका मिक्स्ड मार्शल आर्ट खेलाडी मार्क डे सुंग आफ्नो शानदार रेकर्डका कारण फ्यानबीच निकै लोकप्रिय छन् । तर, उनको एउटा नीति छ जसले उनलाई अरु खेलाडीभन्दा फरक बनाउँछ । पार्क रिंग गर्लसँग फोटो खिचाउनु परे पछि हट्छन् र यसको कारण पनि आश्चर्यजनक छ । खासमा एउटा फाइट जितेपछि उनीसँग एउटा घटना भएको थियो जसबाट उनी निकै आहत भएका थिए र उनले रिंग गर्लसँग फोटो खिच्न अस्वीकार गर्न थाले ।

पार्कले रोड एफसी यंग गन्स ३१ मा भाग लिएका थिए र उनले यो खेलमा क्युंग प्यो किमलाई हराएका थिए । यो खेल जितेपछि उनी निकै उत्साहित थिए किनकि यो खेल जित्न उनलाई निकै संघर्ष गर्नुपरेको थियो । खेल जितेपछि उनी निकै जोसमा थिए र उनको अनुहारमा जीतको खुसी प्रस्ट देखिन्थ्यो । पार्कले मिडियाका लागि पोज दिँदा रिंग गर्ल पनि उनको साथमा फोटो खिचाउन आइन् । फोटो खिचाउने क्रममा पार्कले रिंग गर्ललाई निकै बलियोसँग समाते जसका कारण रिंग गर्ल असहज भइन् ।

त्यसपछि सामाजिक संजालमा पार्कको निकै आलोचना भयो । पार्कले ती रिंग गर्ललाई दुर्व्यवहार गरेको समेत आरोप लगाइयो । सामाजिक संजालमा आफूलाई यस्तो आरोप लगाइएपछि पार्क निकै आहत भएका थिए । उनले यसपछि अर्को वर्ष सियोलमा रोड एफसी ३६ पनि जिते । यो खेल जितेपछि रिंग गर्ल फोटो खिचाउन आउँदा पार्कको प्रतिक्रिया निकै आश्चर्यजनक थियो । यस पटक पार्क फोटो खिचाउनको लागि रिंग गर्लको छेउमा उभिन पनि तयार थिएनन् ।

फोटो खिचाउने क्रममा पार्क रिंग गर्लको छेउमा उभिन तयार नभएपछि आयोजकहरुले उनलाई समाउने कोसिस पनि गरे । त्यहाँ भएकी रिंग गर्लले पनि पार्कलाई सम्झाउने धेरै कोसिस गरिन् तर पार्क आफूमाथि लागेका आरोपबाट यतिसम्म असन्तुष्ट थिए कि उनले ठिकसँग पोज दिएनन् । फोटो खिच्ने क्रममा पार्क हात बाँधेर टाउको झुकाएर उभिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *