विभागले बोलायो अफगानिस्तानमा श्रमिक पठाउने दुई म्यानपावरलाई

डिसी नेपाल
३२ साउन २०७८ ९:४८

काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा श्रमिक पठाएका दुई म्यानपावर कम्पनीलाई छलफलका लागि विभागमा बोलाएको छ। अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि विभागले ति म्यानपावर कम्पनीलाई विवरणसहित उपस्थित हुन निर्देशन दिएको हो।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार अफगानिस्तानमा हाल दुई म्यानपावर कम्पनीबाट गएका श्रमिक मात्र रहेका छन्। रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको निर्देशक भट्टराईले बताए ।

उनका अनुसार अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्दार गर्न सहज हुने छ। हाल अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेकाले विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *