अध्यादेश लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ।
समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरेलगत्तै सरकारले राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जनाउँदै आपत्ति जनाएको छ।
वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याई गल्ती गर्दासमेत समाजले त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै विरोध जनाएको थियो। अहिलेको सरकारले पनि सोही गल्ती दोहो¥याएकामा समाजले आपत्ति जनाएको विज्ञप्तिमा भनिएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment