राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन
काठमाडौं। राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष समेत हुन्। अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन्।
संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन्। उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन्।
उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। राजधानी डेलीडटकमका सम्पाद ध्रुव लम्सालले दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment