कांग्रेस नेता प्रदीप गिरिकाे स्वास्थ्यमा समस्या, मुम्वईमा उपचार हुँदै

डिसी नेपाल
३ भदौ २०७८ ११:३६
312
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा समाजवादी,राजनीतिक चिन्तक प्रदीप गिरि अस्वस्थ भएका छन्। केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि साताअघि उनी उपचारका लागि मुम्वईको हिनदुजा अस्पतालमा पुगेका थिए।

उनको घाटीमा गम्भिर समस्या देखा परेको छ। डा.सुल्तन प्रधान नेतृत्वको डाक्टरले उपचार गरिरहेको छ। क्यान्सरको आशंका भएपनि प्रमाणित भएको छैन। यसैबीच कांग्रेस उपसभापति बिमलेन्द्र निधि शुक्रबार गिरिको स्वास्थ्य बुझ्न मुम्वई जाने भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *