अपार्टमेन्ट भाडामा लिएर अवैध यौन व्यवसाय संचालन गरेको आरोपमा ७ जना पक्राउ
फाईल तस्बिर
काठमाडौं। ललितपुरको एक अपार्टमेन्ट भाडामा लिएर अवैध यौन व्यवसाय संचालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट छन्।
त्यसैगरी ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पक्राउ परेका छन्।
थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत ललितपुबाट सात दिनको समय लिएको परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य जानकारी दिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment