चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौँ आइपुग्यो

डिसी नेपाल
३ भदौ २०७८ १४:१७
712
Shares

काठमाडौँ। चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ। नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो। उनले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए।

यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उनले जानकारी दिए। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ। सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ।

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *