थप ३ हजार ४२ जनामा कोरोना संक्रमण, २ हजार २४४ जना निको
काठमाडौं । गत २४ घण्टामा नेपालमा १७ हजार ६५४ जनाको परीक्षण गर्दा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २४४ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ७ हजार १२४ परीक्षण गर्दा ९६३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । हाल सक्रिय संक्रमित ४० हजार ३०९ जना रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment