हजुरआमाले जन्मिनेबित्तिकै बेचिदिएकी महिलाले ४८ वर्षपछि जन्म दिने आमा भेटिन्

डिसी नेपाल
९ भदौ २०७८ १५:१२

काठमाडौं हजुरआमाले जन्मिनेबित्तिकै बेचिदिएकी एक महिलाले ४८ वर्षपछि आफ्नी जन्म दिने आमालाई भेटेकी छिन् । ४८ वर्षकी एना पाउला तोलोसा साफिगुएरोआ आफ्नी आमा १३ वर्षकी हुँदा जन्मिएकी थिइन् । अविवाहित उनकी आमाले कलिलैमा उनलाई जन्माएपछि उनको परिवारलाई यी बालिकालाई साथमा राख्ने हो भने परिवार समाजमा लज्जित हुनुपर्ने लाग्यो । त्यसपछि सामाजिक लज्जाबाट बच्नको लागि एनाकी हजुरआमाले एनालाई बेचिदिइन् ।

एनाले २४ वर्षकी भएपछि मात्रै आफूलाई हुर्काउने मातापिताले आफूलाई किनेको थाहा पाएकी थिइन् । एना र उनकी अहिले ६२ वर्षकी भएकी आमा डेभोरा साफिगुएरोआ ४८ वर्षपछि आफ्नो देश अर्जेन्टिनामा पुनः भेट भएका छन् । करिब ५ दशकसम्म एक अर्कासँग छुट्टिएर रहेका यी आमाछोरी भेट भएपछि डेभोराले आफूले १३ वर्षकी हुँदा एनालाई जन्माएको पुष्टि गरिन् । १९७० को अर्जेन्टिनी समाजमा यो ठूलो लज्जाको विषय हुने भएकोले उनकी आमाले नातिनी बेचिदिएको उनले बताइन् ।

द सनका अनुसार डेभोराले आफ्ना मातापिताले आफ्नो इच्छाविपरित जन्मिएको केही समयमै एनालाई आफूबाट खोसेर लगेको बताइन् । एनालाई लामो समयदेखि आफूलाई हुर्काउने मातापिता आफूलाई जन्माउने मातापिता नभएको शंका लाग्थ्यो किनकि उनीहरुको शारीरिक बनावट फरक थियो । एनाका अनुसार सानोमा उनी आफ्नी जन्म दिने आमाभन्दा २० ब्लक परको घरमा थिइन् तर उनलाई आफ्नी आमाबारे थाहा भएन ।

कोभिड–१९ लकडाउनका क्रममा एनालाई आफ्नी एक जैविक कजिनले फेसबुकमार्फत सम्पर्क गरेकी थिइन् । त्यसपछि उनले एना पाउलाका दिदीबहिनीहरु अर्थात डेभोराका छोरीहरुलाई यसबारे बताइन् त्यसपछि उनीहरुले डेभोरालाई यसबारे बताए । एनाले आफू लामो समयसम्म बिछोडिएकी आमाको बारेमा फेसबुकमा एक पोस्ट लेखेपछि कजिनले उनीबारे थाहा पाएकी थिइन् ।

एनाले फोसबुक पोस्टमा आफ्नो फोटो पनि राखेकी थिइन् जुन फोटो कजिनले डेभोराका छोरीहरुजस्तै भएको पाएकी थिइन् । एना र डेभोराको डिएनए ९९.९ प्रतिशत मिलेको छ । अहिले डेभोरा ला प्लाता सहरमा बस्दै आएक थिइन् भने एना ब्रागादो सहरमा बस्दै आएकी थिइन् । यी दुई सहरको दूरी कारमा ३ घण्टा लामो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *