‘यति धेरै पाकिस्तानी अफगानिस्तान किन आइरहेका छन् ?’

डिसी नेपाल
९ भदौ २०७८ १७:१४

काबुल। काबुलमा एउटा अर्को अत्यन्तै व्यस्त दिन थियो । यहाँबाट कतार जाने यात्रुहरुले होटल खचाखच भरिएका थिए । यसका साथै ठूलो संख्यामा पाकिस्तानी पत्रकार पनि यहाँ पुगे । यस्तो लागिरहेको थियो मानौं मौरीहरुले आक्रमण गरेका छन् । विदेशी पत्रकार यहाँबाट फर्किने तयारीमा छन् । भीड यति थियो कि मलाई होटलको डाइनिङ एरियामा आफ्नो लागि बस्ने ठाउँ समेत खोज्नुपर्यो । होटलका कर्मचारीहरुले बताए कि नाश्ताको सामान लगभग सकिइसकेको छ ।

नाश्ताको टेबल होस् वा यस्तो कुनै पनि ठाउँ जहाँ हामी केही समयका लागि बस्छौं भने एयरपोर्टकै बारेमा कुरा गछौं । कहिले नर्थ गेटको बारेमा, कहिले इस्ट गेटको बारेमा कहिले… । मलाई त्यस दिन होटलबाट फेरि एयरपोर्ट जानु थियो । तर पहिले हामी मेयर कार्यालय गयौं जसलाई सिटी हल भनिन्थ्यो । त्यहाँ पुगेपछि थाहा भयो त्यहाँ काम त सुरु भएको छ तर करिब ७० प्रतिशत स्टाफ अझै पनि काममा फर्किएका छैनन् । त्यहाँ केही महिलाहरु थिए तर उनीहरु कसैको अन्तरवार्ता गर्न पाउनु सम्भव थिएन ।

जब मैले एक महिलासँग कुरा गर्ने कोसिस गरें उनले जागिरका कारण आफूलाई कुरा गर्ने अनुमति नभएको बताइन् । यद्यपि उनले यति पक्कै भनिन् कि उनलाई अहिलेसम्म कुनै समस्या छैन । अर्का एक व्यक्तिले भने २ महिनादेखि पारिश्रमिक नपाएको बताए । अब काबुलका सडकमा नियमित सफाइको काम सुरु भएको छ । तालिबानले यहाँ अलग मेयर नियुक्त गरेका छन् तर उनको साथमै पूर्व मेयर पनि काम गरिरहेका छन् ।

यहाँबाट हामी काबुल हावाइ अड्डाको उत्तरी द्वारतर्फ बढ्यौं । टाढैबाट वाहनहरुको लामो लाइन देखिनथ्यो । तीन किलोमिटरसम्म केवल मानिस नै मानिस, गाडी नै गाडी, जो कोही उत्तरी गेटसम्म पुग्ने कोसिस गरिरहेका थिए जहाँ अफगान सेना तैनाथ छ । जब–जब हामी हवाइ अड्डाको नजिक पुगिरहेका थियौं गोलीको आवाज चर्को हुँदै गइरहेको थियो ।

जब हामीले त्यहाँ भएका मानिसहरुसँग कुरा गर्ने कोसिस गर्यौं, अफगानी सैनिकले कडा रुपमा हामीलाई त्यहाँबाट जान भने । सैनिक निकै आक्रोशित देखिएका थिए । उनीहरुको हातमा कोर्राजस्तै केही थियो । उनीहरुले हामीलाई २ पटक हिर्काए पनि । पछि उनीहरुले हाम्रो कार्ड हेरे र हामीलाई जान दिए ।

दिनको अन्तिम खबर तालिबानको नेतृत्वमा आयोजित पहिलो लोया जिरगा थियो । यहाँ केही पत्रकार मित्रहरुले बताए कि जिरगामा ५०० भन्दा अधिक मौलवी सहभागी भए र तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि आफ्नो कुरा राखे । उनले मदरसा र स्कुल शिक्षाबारे कुरा गरेको बताइयो । उनको हवाला दिँदै मानिसहरुले बताएअनुसार उनले अफगानिस्तानमा बस्न कुनै खतरा नभएको र बाहिरको स्थिति झनै खराब भएको बताए ।

मंगलबार अफगानिस्तानबाट ४ विमान उडे । तर, अहिलेसम्म यो कुरा थाहा हुन सकेको छैन कि पाकिस्तानको पीआइएले आफ्नो उडान किन रद्द गर्नुपर्यो । जब हामी होटल फर्कियौं त्यसपछि एक पटक फेरि स्पेशल इमिग्रेसन भिसाको लागि उर्लिएको भिडसँग सामना भयो । यी ती परिवार हुन् जसले विदेशी मिडिया वा अन्य कुनै सन्दर्भमा दोभाषेको रुपमा काम गरेका थिए ।

उनीहरुको अनुहासमा उदासी स्पष्ट देखिन्थ्यो । लाग्थ्यो कसैले उनीहरुलाई जबरजस्ती उनीहरुको देशबाट निकाल्दैछ र उनीहरुसँग कुनै विकल्प बाँकी छैन । कोठाबाट निस्किनुभन्दा पहिले मैले होटलबो लबीमा उभिएका दर्जनौं तालिबानमध्ये एकसँग कुरा गरें । जब मैले उनलाई भनें कि म पाकिस्तानी हुँ, उनले रिसाएर मलाई सोधे ‘तपाइँहरु यति धेरै पाकिस्तानी अफगानिस्तान किन आइरहनुभएको छ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *