जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

डिसी नेपाल
९ भदौ २०७८ २२:१०

टोकियो । जापानका बालबालिकाद्वारा आत्महत्या हुने घटनामा वृद्धि भएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ ।

बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ । कोरोनाभाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यसवर्ष बढी देखिएका छन् ।

विद्यालय जान नपाउँदा, बाहिर घुमफिर, हिँडडुल, खेलकुद गर्न नपाउँदा बालबालिकाहरूमा मानसिक समस्या भएर आत्महत्याका घटना बढेको हुनसक्ने विज्ञहरूले बताएका छन् ।

अघिल्लो वर्ष ४९९ बालबालिकाले आत्महत्या गरेकोमा यसवर्षको अहिलेसम्म पनि अघिल्लो वर्षको भन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

लामो समयसम्म घरमा बस्नुपर्ने बाध्यताले यस्ता घटनाहरू बढेको विश्वास गरिएको छ । विज्ञहरूले बालबालिकाको मनोविज्ञानको ठीक व्यवस्थापन तथा उपचारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *