अपरेशन देवी शक्ति अन्तर्गत ११ जना नेपालीलाई आज काबुलबाट दिल्ली ल्याइँदै

डिसी नेपाल
१० भदौ २०७८ १०:५९

काठमाडौं। तालिबानको नियन्त्रणमा गएको अफगानिस्तानको राजधानी काबुलबाट आज ११ जना नेपालीलाई भारतको राजधानी नयाँ दिल्ली ल्याइँदैछ । भारत सरकारले बिहीबार अपरेशन देवी शक्ति अन्तर्गत २४ जना भारतीय र ११ जना नेपाली नागरिकलाई भारतीय वायु सेनाको विमानबाट दिल्ली ल्याउनेछ । यसरी भारत ल्याइनेमा भारतीय र नेपाली नागरिकसँगै अफगान शिख र हिन्दूहरु पनि छन् ।

भारतले अपरेशन देवी शक्ति अन्तर्गत ८०० जनाभन्दा धेरैलाई दिल्ली ल्याइसकेका छन् । यसरी आउनेमा भारतीयसँगै नेपाली र अफगान पनि छन् । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै काबुलबाट २४ भारतीय र ११ नेपालीलाई लिएर भारतीय वायु सेनाको विमान दिल्ली आउन लागेको बताएका छन् । भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा फसेकाहरुलाई ल्याउने कामको लागि छुट्टै अफगान सेल गठन गरेर काम गरिरहेको छ । अफगानिस्तानबाट भारतले अझै २७० जनालाई ल्याउँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *