काबुल विमानस्थलमा १ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

डिसी नेपाल
१० भदौ २०७८ ११:२०

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण भएसँगै देश छाडेर बाहिरिन चाहनेहरुको भिड काबुल विमानस्थलमा भरिएको छ । काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अफगानीहरु पनि भरिएका छन् । यी सबै काबुलबाट बाहिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन् । यसरी प्रतिक्षामा बसेकाहरु भोक र प्यासले मर्ने अवस्थाको सृजना भएको छ ।

काबुलमा यो अस्तव्यस्तताका कारण २० जनाको मृत्यु भइसकेको छ । मानिसहरु खाना र पानीसमेत नपाउने अवस्थामा पुगेका छन् । विमानस्थल बाहिर एक थाल भातको मूल्य १०० डलर अर्थात झण्डै १४ हजार रुपैयाँ पर्न थालेको छ । यस्तै १ बोतल पानीको मूल्य ४० डलर अर्थात ५ हजार रुपैयाँसम्म पुगेको छ । यहाँ अफगानिस्तानको मुद्रा समेत लिइँदैन । पानी र खानाको लागि अमेरिकी डलरमा मात्र कारोबार भइरहेको बेलायती मिडिया इन्डिपेन्डेन्टले जनाएको छ ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण हुन सक्ने आशंकामा विगत केही महिनायता अमेरिकासहितका अन्य देशहरुले डलर पठाउन बन्द गरेका थिए । यसकारण अफगानिस्तानमा अहिले डलरको अत्यन्तै अभाव छ । तर, विमानस्थलबाहिर खाना र पानी किन्नको लागि अनिवार्य डलर नै तिर्नुपर्ने अवस्था छ । अफगानी मुद्रा चल्न छाडेपछि यहाँ मानिसहरु डलरको अभावमा खाना र पानीबिना तड्पिनुपरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *