‘मलाई कोरोना लागेको छ’ भन्दै महिलाले खानेकुरामा थुकिदिइन्, ४१ लाखको खानेकुरा फाल्नुपर्‍यो

डिसी नेपाल
१० भदौ २०७८ १२:५५

काठमाडौं। अमेरिकामा एक महिलालाई २ वर्षको जेल सजाय सुनाइएको छ । यी महिलाले एक सुपरमार्केटमा खोक्दै आफूलाई कोरोना लागेको भनेर त्यहाँ राखिएका खानेकुरामा थुकिदिएकी थिइन् । महिलाले आफू कोरोना संक्रमित भएको भन्दै चिच्याउन थालेकी थिइन् । पछि उनले यो सबै प्रयांक भएको भनेकी थिइन् । महिलाले थुकेका कारण सुपरमार्केटले ३५ हजार डलर (४१ लाख रुपैयाँ) मूल्य बराबरका खानेकुरा फाल्नुपरेको थियो ।

सबिीएस न्युजका अनुसार ३७ वर्षकी मार्गरेट एन सिरको गएको मार्च महिनामा पेन्सलभेनियाको गेरिटी सुपरमार्केटमा गएकी थिइन् । उनले त्यहाँ नशाको अवस्थामा खोक्दै सबैलाई कोरोना हुन्छ र सबै मर्छन भनेकी थिइन् । पुलिसले उनलाई गिरफ्तार गरेको थियो । महिलाको यो हर्कतका कारण सुपरमार्केटमा गएका ग्राहक र त्यहाँका स्टाफ पनि त्रसित भएका थिए । मार्गरेटको यो हर्कतका विषयमा सुपरमार्केटका मालिक जोए फासुलाले फेसबुकमा एक पोस्ट पनि गरेका थिए ।

अदालतले मार्गरेटलाई २ वर्षको जेल सजायसहित ३० हजार डलर जरिवाना तिर्न आदेश दिएको छ । यसअघि अप्रिलमा पनि मार्गरेटले आफू भगवानको बच्चा भएको बताउँदै चर्चबाट बाहिर निस्किन अस्वीकार गरेकी थिइन् । त्यसपछि चर्च प्रशासनले पुलिस बोलाएर उनलाई बाहिर निकालिएको थियो । यसअघि बेलायतमा पनि आफू कोरोना संक्रमित भएको भन्दै २ जना पुलिसलाई थुक्ने महिलालाई ६ महिना जेल सजाय सुनाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *