सम्पूर्ण भारतीयलाई लज्जित बनाएको एउटा आत्मदाह

डिसी नेपाल
१० भदौ २०७८ १३:३६

नयाँ दिल्ली। भारतमा बलात्कार पीडित एक युवतीले गत साता आत्मदाह गरेको घटनाले आमभारतीयको ध्यानकर्षण मात्र गरेको छैन, बलात्कार र हत्या जस्ता अपराध छिपाउन शक्तिको आडमा नेताले कतिसम्म दबाब दिन्छन् भन्ने दृष्टान्त छर्लङ्ग पारेको छ।

न्याय नपाएपछि युवतीले सत्यतथ्य छानबिनको जिम्मा सर्वसाधारणलाई सुम्पँदै आफूले मृत्यु रोज्नु परेको बाध्यतालाई पनि घटनाले उजागर गरेको छ।

पीडित युवतीले आफूमाथि एकजना सांसदले बलात्कार गरेको आरोप लगाउँदै आएकी थिइन्। सांसदको दबाबमा आफूलाई प्रहरी प्रशासन र न्यायपालिका दुबैले अपहेलना गरेको पीडितले गुनासो गर्दै आएकी थिइन्।

पीडित युवती र उनका केटा साथीले पेट्रोल खन्याएर संयुक्त रुपमा आत्मदाह गरी यस संसारबाट भौतिक रुपमा बिदा लिनुअघि १६ अगस्टमा फेसबुक लाइभ गरेका थिए। जलेर गम्भीर घाइते भएका उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो । घाइतेमध्ये पुरुषको शनिबार र महिलाको मंगलबार मृत्यु भएको थियो।

ती दुबैजना उत्तर प्रदेशबाट राजधानी नयाँ दिल्ली पुगेका थिए। ती महिलाले बहुजन समाजवादी पार्टी ९बीएसपी० का सांसद अतुल राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । युवतीका अनुसार सांसदले दुई वर्षअघि आफ्नै घरमा लगेर युवतीलाई बलात्कार गरेका थिए। उनले सन् २०१९ को मेमा राईविरुद्ध प्रहरी कहाँ उजुरी दिएकी थिइन् । एक महिनापछि प्रहरीले राईलाई पक्राउ गरी जेल हालेको थियो। उनी विगत दुई वर्षदेखि जेलमा थिए।

गत नोभेम्बरमा राईका भाइले प्रहरीमा उजुरी गर्दै महिलाले झुट बोलेको दाबी गरेका थिए। आफूमाथि लागेको आरोप गलत भएको युवतीले बताउँदै आएकी थिइन् । तर, यसै महिनाको सुरुमा एक अदालतले महिलाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अदालतको आदेशपछि युवती हतोत्साहित बनेकी थिइन्।

आत्मदाह गर्नुअघि गरिएको फेसबुक लाइभमा युवतीले आफूलाई दुव्र्यबहार गर्न सांसदले शक्ति प्रयोग गरेको आरोप लगाएकी थिइन्। युवती र उनका केटा साथीले प्रहरी अधिकारी र न्यायाधीशसमेतले आरोपित सांसदसँग मिलेमतो गरी षड्यन्त्र गरेको आरोप लगाएका थिए।

‘उनीहरुले चाहेको गन्तव्यमा हामी जादैँछौंं। विगत डेढ वर्षको प्रयासपछि उनीहरुले हामीलाई यो अवस्थामा पु¥याए’ शरीरमा पेट्रोल खन्याउनुअघि उनीहरुले भनेका थिए , ‘अधिकारीहरुले हामीलाई सन् २०२० को नोभेम्बरदेखि मर्न बाध्य पारेका थिए। यसबारेमा उत्तर प्रदेश र सम्पूर्ण देशका नागरिकहरुले हाम्रो आवाज सुनून् भन्न चाहन्छु ।’ उनीहरुको मृत्युले सम्पूर्ण भारतीयलाई लज्जित बनाएको विश्लेषकहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *