यौनको लत लागेपछि परिवारको अढाइ करोड चोरे, त्यसपछि परिवारका सबैलाई मारे

डिसी नेपाल
१० भदौ २०७८ १६:३८

काठमाडौं। अमेरिकाका एक युवकलाई अनलाइन पोर्नको यस्तो लत लाग्यो कि उनले आफ्नो पूरै परिवारलाई मारे । फ्लोरिडाका ग्रान्ट एक क्याम गर्ललाई हेर्नको लागि दिनमै लाखौं रुपैयाँ खर्च गर्थे । आफ्नो यही लत पूरा गर्नको लागि उनले आफ्नो परिवारलाई पनि छोडेनन् । ग्रान्ट र उनका दाजु कोडी साथमा नर्सिङ पढ्दै थिए । तर त्यहाँ पढाइका क्रममा भएको एउटा घटनाले उनीहरुको पूरै परिवार तहसनहस भयो ।

उनीहरुले पढाइका साथ काम गरिरहेको कम्पनीले ग्रान्टमाथि केही औषधि चोरी गरेको आरोप लगाएको थियो । त्यसपछि ग्रान्टलाई त्यहाँबाट निकालियो । कोडीले ८ हजार डलर तिरेर उनलाई छुटाएका थिए । त्यसपछि ग्रान्टले कुनै कामबिना आफ्नो कोठामा सहय बिताउन थाले । यसरी बस्दा उनी भिडियो गेम खेल्ने र गेम स्ट्रिम गर्ने गर्थे । तर, यही बीचमा उनलाई पोर्नको लत लाग्यो जसले उनको पूरै परिवार बर्बाद बनायो ।

ग्रान्ट बुल्गेरियाकी मोडल सिल्भीप्रति निकै आकर्षित भएका थिए । ग्रान्ट हरेक दिन करिब ४ घण्टा सिल्भीलाई हेरेर बस्थे । यसरी हेरेर बस्दा उनी निकै पैसा उडाइरहेका थिए । पैसाको अभाव भएपछि उनले परिवारको पैसा चोरी गर्न थाले । डेलीस्टारका अनुसार उनले आफ्नो लत पूरा गर्नको लागि परिवार र आफन्तको २ लाख डलरभन्दा धेरै पैसा चोरी गरिसकेका थिए ।

ग्रान्टको यो लतले परिवार दिक्क भइसकेको थियो त्यसैले उनलाई सुधार केन्द्र पठाइयो । सुधार केन्द्रबाट केही हप्तामै उनलाई घर पठाइयो । घर फर्किएपछि परिवारले ग्रान्टको अगाडि जबसम्म सिल्भीको पेज अनसब्सक्राइब गर्दैनन् तबसम्म घरमा बस्न अनुमति नदिने शर्त राखे । तर, ग्रान्ट सुध्रिनको लागि पटक्कै तयार थिएनन् । उनले अभिभावकको यो कुरा अस्वीकार गरे र फेरि चोरी सुरु गरे ।

ग्रान्टका दाजुले उनको मुड ठिक गर्नको लागि जापान घुम्न लैजाने निर्णय गरे । यस क्रममा उनी भाइको समस्याबारे कुरा गर्न चाहन्थे । तर, यात्राका क्रममा ग्रान्टले दाजुकै पैसा चोरे । त्यसपछि ग्रान्टलाई परिवारले घरमा छिर्ने अनुमति दिएनन् । ग्रान्टका पिताले उनलाई आफ्नो सामान लिएर जान भने जुन कुराले ग्रान्टलाई यति रिस उठ्यो कि उनले माता, पिता र दाजुको गोली हानी हत्या गरिदिए । अहिले अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *