तालिवानले गीत संगीतमा प्रतिबन्ध लगाउने !

डिसी नेपाल
१० भदौ २०७८ १८:१५

काबुल । तालिवानले अफगानिस्तानमा गीतसंगीतमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिवान प्रवक्ताले मुस्लिम धर्ममा संगीतमा रोक भएको कारण अफगानिस्तानमा पनि प्रतिबन्ध लगाइने बताए ।

‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने ।

तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत भएको मुजाहिदले बताए । महिलाहरु सधै घरभित्र बस्नु नपर्ने र आफ्नो काममा फर्किन सक्ने प्रवत्ता मुजाहिदले बताए ।

सन् १९९० को दशकमा तालिवान शासनकालमा संगीत, टेलिभिजन, र सिनेमामाथि कडा प्रतिबन्ध लगाइएको थियो । तर, अमेरिकी सरकारले उनीहरुलाई सत्ताच्युत गरेपछि अफगानिस्तानमा गीत संगीतमा उल्लेख्य प्रगति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *