विष्फोट, फायरिङ अनि फेरि विष्फोट, यसरी भएको थियो काबुल विमानस्थलमा आक्रमण

डिसी नेपाल
११ भदौ २०७८ १०:५५

काठमाडौं। अफगानिस्तानमा तालिबानको शासन फर्किएसँगै अमेरिकी, बेलायतीसहित पश्चिमा गुप्तचर एजेन्सीहरुले काबुल विमानस्थलमा आक्रमण हुन सक्ने आशंका जनाइरहेका थिए । उनहिरुले केही दिनदेखि काबुल विमानस्थलमा आतंकवादी आक्रमण हुन सक्ने भएकोले आफ्ना नागरिकलाई त्यहाँ नजान चेतावनी दिइरहेका थिए । नभन्दै बिहीबार त्यहाँ आत्मघाती विष्फोट भएको छ । विष्फोटमा कम्तीमा ७२ जना सर्वसाधारण, २८ जना तालीबानका सदस्य, १३ जना अमेरिकी सैनिकको ज्यान गएको अस्पताल स्रोत र एक तालिबान अधिकारीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

हजारौंको संख्यामा मानिसहरु अफगानिस्तान छाड्नका लागि विमानस्थलमा जम्मा भएका बेला भएको यो विष्फोटले एकपटक फेरि पूरै विश्वलाई हल्लाइदिएको छ । काबुलको हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय विश्वमै सबेभन्दा धेरै चासो र चर्चाको विषय बनेको थियो । अफगानिस्तान छाडेन जान चाहेका मानिसहरु यही विमानस्थलबाट मात्र बाहिर जान सकिरहेका थिए । यहाँ फसेका विदेशी नागरिकहरुका विषयमा पूरै विश्वले चासो दिइरहेको थियो । यही बेला यही विमानस्थलमा आत्मघाती विष्फोट भयो ।

पहिलो विष्फोट स्थानीय समयअनुसार बिहीबार बेलुकी करिब ६ बजेतिर भएको थियो । विष्फोट बेरन होटल नजिकै भएको थियो । यो होटल विमानस्थलको एकदमै नजिक छ । यो होटलमा ठूलो संख्यामा बेलायती अधिकारीहरु थिए । उनीहरु उद्धार अभियानमा खटिएका थिए । विष्फोट भएपछि विमानस्थल क्षेत्रमा भागदौड मच्चियो । मानिसहरु यताउृता भाग्न थाले । यही बेला यहाँ गोलीबारी सुरु भयो र हेर्दाहेर्दै विमानस्थलको आबे गेट नजिकै अर्को विष्फोट भयो । आबे गेट विमानस्थलको प्रवेशद्वार हो जहाँ ठूलो संख्यामा मानिसहरु थिए ।

दोस्रो विष्फोट एक नलीनजिकै भएको थियो जसको नतिकै मुख्य द्वार थियो जहाँ अफगान नागरिक लाइन लागेर बसेका थिए । विमानस्थलको सुरक्षामा ठूलो संख्यामा अमेरिकी र अन्य देशका सैनिक खटिएका छन् । यस्तोमा गेटमा खटिएका सैनिकहरुको मृत्यु भयो । काबुल विमानस्थलमा भएको यो विष्फोटको खबर तत्कालै विश्वभरी फैलियो । सबैले यो आक्रमणको निन्दा गरे । शुक्रबार बिहानसम्म कम्तीमा ११३ जनाको मृत्यु भइसकेको छ र यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

विष्फोटको केही बेरमै तापलबानको तर्फबाट बयान जारी भएको थियो र संगठनले यो आक्रमणको निन्दा गरेको थियो । तालिबानले यो विष्फोटमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेको थियो । तालिबानको यो बयानपछि आइएसआइएस खुरासानले यो आक्रमणको जिम्मेवारी लिएको थियो र आत्मघाती आक्रमणकारीको तस्वीर पनि जारी गरेको थियो ।

काबुलमा भएको आक्रमणको लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको सिचुएसन रुममा बैठक गरेर त्यसपछि सम्बोधन गरेका थिए । बाइडेनले जो आतंकवादी यो आक्रमणको पछाडि छन् उनीहरु नबच्ने र अमेरिकाले उनीहरुलाई खोजी खोजी मार्ने बताएका थिए । आक्रमणपछि पनि अमेरिका, बेलायत र अन्य देशहरुको उद्धार अभियान भने जारी छ । अमेरिकाले ३१ अगष्टसम्म आफ्ना सैनिक फिर्ता बोलाउने बताएको छ । तर यसपछि पनि उद्धार अभियान जारी रहन सक्छ ।

आक्रमणपछि भने त्यहाँको परिस्थिति बदलिन सक्ने आनुमान गरिएको छ । आक्रमणभन्दा पहिले अमेरिका, बेलायत र अस्ट्रेलियाले आक्रमण हुनसक्ने आशंका गर्दै चेतावनी जारी गरेका थिए । यी तीन देशले आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढै रहन भनेका थिए । बेलुका हुँदासम्म यो शंका वास्तविकतामा बदलियो । तालिबानले विमानस्थलबो बाहिरी सुरक्षामा खटिएका आफ्ना २८ जना लडाकुको पनि ज्यान गएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *