काबुल विष्फोटका मास्टरमाइण्ड मारिए, फेरि आक्रमणको डरले विमानस्थलबाट हट्न आग्रह

डिसी नेपाल
१२ भदौ २०७८ १०:४७

काठमाडौं। अफगानिस्तानमा अमेरिकी सेनाले ठूलो कारवाही गरेको छ । काबुल विष्फोटको जवाफमा अमेरिकी सेनाले आइएसआइएस आतंकवादीमाथि एयर स्ट्राइक गरेको छ । मानवरहित विमानबाट नांगरहारमा आइएसआइएस–के को अड्डामा अमेरिकाले हवाइ आक्रमण गरेको थियो । अमेरिकी सेनाले यो आक्रमणमा काबुल आक्रमणका षड्यन्त्रकर्ता मारिएको दावी गरेको छ ।

एयरस्ट्राइकपछि अमेरिकाले मानिसहरुलाई काबुल विमानस्थलबाट हट्न भनेको छ । अमेरिकालाई काबुल विमानस्थलमा पहिलेजस्तै फेरि आक्रमण हुन सक्ने आशंका छ । पेन्टागनको दावीअनुसार निर्धारिट ‘टार्गेट’लाई ध्वस्त पारिएको छ । आइएसआइएस–केको अड्डामा ड्रोन आक्रमण गरिएको थियो ।

काबुलमा बिहीबार भएको सिलसिलेवार बम आक्रमणमा १६९ जना अफगानी र १३ अमेरिकी सैनिकको मृत्यु भएको छ । आतंकवादी संगठन आइएसआइएस–केले यो आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । आक्रमणको ४८ घण्टाभित्रै यसको बदला लिएको अमेरिकाले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *