अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक
काठमाडाैं । पूर्वघोषित योजना अनुसार अमेरिकी सैनिक अफगानिस्तान छाड्न थालेका छन्।
तोकिएको समयसी अगस्ट ३१ नजिकिँदै जाँदा अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले जानकारी दिए।
काबुलस्थित विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका उनले हालसम्म के कति संख्यामा स्वदेश फर्किए भनेर बताएनन्। उनले निश्चित समयसीमा भित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए।
अमेरिकाले काबुलबाट आफ्ना झण्डै एक लाख १२ हजार नागरिकको उद्धार गरेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका हुन्।
गत बिहीबार मात्र काबुलस्थित विमानस्थल नजिकै बम विस्फोट भएको थियो। त्यसको भोलिपल्ट अमेरिकाले ड्रोन आक्रमण गरेको थियो। अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले ड्रोन हमलामा आईएसआईएसका दुई आतंककारी मारिएको र एकजना घाइते भएको बताएा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment