काबुल विमानस्थल नियन्त्रणमा लिन तालिबान तयार

डिसी नेपाल
१३ भदौ २०७८ १६:१६

काठमाडौं। तालिबानले आफूसँग प्राविधिक जानकार र इन्जिनियरहरु भएको बताउँदै अमेरिकी सेना काबुल विमानस्थलबाट बाहिर निस्किएसँगै आफूहरुले विमानस्थललाई आफ्नो नियन्त्रणमा लिने बताएको छ । तालिबानका एक अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने ‘हामी अमेरिकाको तर्फबाट अन्तिम मन्जुरीको प्रतिक्षा गरिरहेका छौं । मन्जुरी पाउनासाथ हामी पूरै नियन्त्रण सुनिश्चित गर्नेछौं ।’

अमेरिकाले यसअघि नै निर्धारित समयसीमा अर्थात ३१ अगष्टसम्म आफ्नो पूरै सेना अफगानिस्तानबाट बाहिर निकालिसक्ने बताएको छ । तालिबानका प्रवक्ताका अनुसार उनीहरुलाई आगामी केही दिनमै अफगानिस्तानमा नयाँ सरकारको घोषणा गर्ने अपेक्षा छ । प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा तालिबानको कब्जा ‘अचानक’ भएको र आफूहरुलाई यसको ‘अपेक्षा नभएको’ बताएका छन् । उनले सरकार बनाउन ‘केही समस्या’ भएको बताउँदै यस विषयमा चर्चा भइरहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *