काबुल विमानस्थलमा तालिबानको नियन्त्रण

डिसी नेपाल
१५ भदौ २०७८ १२:२३

काठमाडौं। अमेरिकाले अफगानिस्तान छोडेसँगै अब काबुल विमानस्थल तालिबानले आफ्नो नियन्त्रणमा लिएको छ । काबुलबाट सार्वजनिक भएका तस्वीर र भिडियो फुटेजमा देख्न सकिन्छ कि तालिबानले अमेरिकाको अन्तिम विमानको उडानको लगत्तै हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

लस एन्जल्स टाइम्सका पत्रकार नबीह बुलोस पनि तालिबान लडाकुहरुको त्यो टिममा सहभागी थिए जो विमानस्थलको ह्याङगरको तलाशी लिइरहेका थिए । यस क्रममा अमेरिकी सैनिकहरुले आफ्ना केही विमान त्यहीँ छोडेर गएको देखिएको छ ।

नबीह बुलोस क्यामेरामा भन्छन् ‘हामी यहाँ तालिबानको साथमा छौं । उनीहरु केही मिनेट पहिले काबुल विमानस्थलमा अमेरिकाको नियन्त्रण भएको क्षेत्रमा प्रवेश गरेका छन् । अब उनीहरुले यहाँ नियन्त्रण स्थापित गरेका छन् ।’ केही अरु भिडियो पनि सार्वजनिक भएका छन् जसमा तालिबानी लडाकुहरु खुसीले आफ्नो मेसिनगनबाट फायरिङ गरिरहेका छन्, खुसी मनाइरहेका छन् र विमानस्थलको बाँकी क्षेत्रको तलासी लिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *