अमेरिकाले थुप्रै सैन्य विमान र गाडीहरु छोडेर गयो तर तिनीहरु तालिबानलाई कुनै काम लाग्दैनन्

डिसी नेपाल
१५ भदौ २०७८ १२:४४

काठमाडौं। अमेरिकाले काबुल विमानस्थलमा थुप्रै सैन्य विमान र गाडीहरु डोडेर गएको छ । तर, तालिबानलाई तिनीहरु कुनै पनि काम लाग्ने छैनन् किनकि अमेरिकी सेनाले ती सबै विमान र गाडीहरु काम नलाग्ने बनाएर छोडेको छ । अमेरिकी सेनाले ती विमान र गाडीहरु तालिबानले प्रयोग गर्न नसकोस भनेर छुटेका विमान र गाडीहरु काम नलाग्ने बनाएको बताएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख केनेथ म्याकेन्जीका अनुसार अमेरिकी सेनाले ७३ वटा एयरक्राफ्ट, ७० वटा बख्तरबन्द गाडी र २७ वटा हम्बी वाहनहरु काबुलमै छोडेको छ । तर, सैनिकहरुले यी सबै विमान र गाडीहरुलाई निष्क्रिय पारेर मात्रै छोडेका छन् । उनले भने ‘यी एयरक्राफ्ट फेरि कहिल्यै उड्ने छैनन्, यिनीहरुलाई कसैले प्रयोग गर्न सक्ने छैन ।’

अमेरिकाले विमान र गाडीहरुसँगै आफ्नो अत्याधुनिक रकेट डिफेन्स सिस्टमलाई पनि निष्क्रिय पारेर काबुल विमानस्थलमै छोडेर गएको छ । यही सी–रेम सिस्टमबाट अमेरिकी सेनाले सोमबार इस्लामिक स्टेटको रकेट आक्रमणलाई विफल पारेको थियो ।

पछिल्ला केही हप्तादेखि तालिबानी लडाकु ठूलो संख्यामा अमेरिकामा बनेका सैन्य हतियार र वाहनको साथमा देखिएको रिपोर्ट आएका थिए । यी हतियार र वाहन अमेरिकाले अफगान सेनालाई दिएको थियो तर उनीहरुले सजिलै आत्मसमर्थण गरेपछि यी हतियार र वाहन तालिबानको नियन्त्रणमा गए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *