आधुनिक तालिवान शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दूकको नाल
एजेन्सी। एक समाचारबाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन्। बन्दूकधारी लडाकूहरुको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ। केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन्। यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको।
४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिवानले घेरिरहेको देखिन्छन् । उनीहरुले तालिवानको समर्थन जनाउने सामाग्री पढ्न दबाब दिइरहेका थिए । मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन्।
बिबीसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिवानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाब दिएका थिए । प्रस्तोताले लडाकूसँग ‘अन एयर’ मै बहस गरेका थिए।
तालिवानको दबाबपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए । प्रस्तोताले सर्बसाधरणलाई स्टुडियोबाटै तालिवानलाई सहयोग गर्न आव्हान गरेका थिए।
इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन् , ‘यो भिडियो अस्वभाविक छ । तालिवानले समाचार प्रस्तोतालाई बन्दूकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन्।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment