पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ
काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ।
पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ। ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन्। त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसर्मपण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन्।
तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ती गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् । यसैबीच, पन्जशिरका बिभिन्न स्थानमा भूमिगत बिस्फोटक पर्दाथ बिच्छाइएकोले फ्रन्टबिरुद्ध तालिवानले आक्रमक हमला गर्न नसकेको समाचार विवरणमा जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment