बंगलादेशी सांसदको अनौठो प्रस्तावपछि मन्त्री भन्छन्, ‘भो यस्तो प्रस्ताव समर्थन गरेर करिअर बिगार्दिन् ’

डिसी नेपाल
२० भदौ २०७८ ९:५५
1.1k
Shares

एजेन्सी। वंगलादेशका एक सांसदले बेरोगारी समस्या समाधानबारे दिएको एउटा बिबादस्पद अभिव्यक्तिको मन्त्री र अन्य सांसदले खिल्ली उडाएका छन्। शनिबारको संसद बैठकमा सांसद रिजउल करिमले बेरोजगारी समस्या अन्त्यका लागि काम गर्ने जोडिबीचको विवाहमा रोक लगाइनुपर्ने बताएका थिए।

‘जागिरे पुरुषले विवाहका लागि आफू जस्तै काम गर्ने महिला खोज्छन्। त्यस्तै, जागिर खाने महिलाले पनि आफू जस्तै रोजगार पुरुष खोज्छिन्। यस्तो प्रवृत्ति रहिरहयो भने बेरोजगार समस्या समाधान गर्न सकिन्न। तसर्थ, दुबै जना जागिरे व्यक्तिले विवाह गर्न नपाउने कानून ल्याउन प्रस्ताब गर्छु,’ उनले भने । कार्यलयमा काम गर्ने जोडिका सन्तान प्रायः घरेलु कामदारबाट दुव्र्यबहार हुने गरेको उनको तर्क थियो।

उनको प्रस्तावपछि संसदमा हाँसोको फोहोरा नै छुटेको थियो। कानून मन्त्री अनिसुल हुकले सांसदको प्रस्ताव ‘अभिव्यक्ति स्वतन्त्रता’ को परिणाम बताएका छन्। ‘यो प्रस्तावलाई स्वीकारे भने म संसद भवनको दुई खुड्किला पनि चढ्न सक्दिन,’ मन्त्रीले भने। यस्तो प्रस्तावमा समर्थन जनाएर आफ्नो करिअरलाई जोखिममा नपार्ने उनको भनाइ थियो।

सन् २०१८ मा पहिलोपटक सांसद बनेका करिम गत वर्ष पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका थिए। महिला अभियानका कारण बलात्कारका घटनामा बृद्धि भएको भन्ने उनको अभिव्यक्ति विवादित बनेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *