पंजशीरमा भिडन्तका बीच नर्दर्न एलायन्सले तालिबानलाई पठायो यस्तो प्रस्ताव

डिसी नेपाल
२१ भदौ २०७८ १४:२२

काठमाडौं। अफगानिस्तानको पंजशीरमा जारी संघर्षका बीच पंजशीरको नर्दर्न एलायन्सले आफ्नो ढोका तालिबानसँग शान्ति वार्ताको लागि खुला रहेको बताएको छ । अहमद मसुदले धार्मिक नेताहरुले अगाडि बढाएको एक योजनालाई आफूले समर्थन गरेको र यो एक सम्झौताको लागि भएको बताउँदै तालिबानसँगको संघर्षलाई समाप्त पार्न भनेका छन् । यसअघि आएको रिपोर्टमा तालिबानले द्रुत रुपमा पंजशीरमा आफ्नो पकड बढाएको बताइउको थियो ।

राजधानी काबुलबाट उत्तरमा रहेको यो प्रान्तले तालिबान शासनविरुद्ध विद्रोह सुरु गरेको थियो । ३ हप्ता पहिले १५ अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा गरेको थियो र पश्चिम समर्थित सरकार आफैं ढलेको थियो । एक फेसबुक पोस्टमा नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तानका प्रमुख मसुदले तालिबानले आक्रमण बन्द गरेमा आफू लडाइँ रोक्न तयार रहेको बताएको बीबीसीले जनाएको छ । तालिबानको तर्फबाट यस विषयमा जवाफ आउन बाँकी छ ।

पंजशीर एक उपत्यका हो जहाँ डेढदेखि २ लाख मानिस बस्छन् । १९८० मा सोभियत संघको कब्जा र १९९६ देखि २००१ को बीचमा तालिबानको शासनको क्रममा पनि यो विद्रोहको केन्द्र थियो । एनआरएफका अनुसार संघर्षको क्रममा उसका प्रवक्ता फहीम दश्ती र कमाण्डर जनरल अब्दुल वदुद जाराको मृत्यु भएको छ र एक प्रसिद्ध तालिबान जनरल र १३ बडीगार्ड पनि मारिएका छन् । यसअघि तालिबानले आफ्ना लडाकु प्रान्तीय राजधानी बजारकमा प्रवेश गरेर ठूलो क्षति पुर्याएको बताएको थियो जसलाई एनआरएफले खारेज गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *