पबजी खेल्दाखेल्दै अचानक जोडले चिच्याएपछि १८ वर्षका दीपकको मृत्यु

डिसी नेपाल
२२ भदौ २०७८ ८:०७

काठमाडौं। आजभोलि युवाहरुमा पबजी गेमको लत निकै बढेको छ । उनीहरु यो गेमप्रति यतिसम्म आशक्त भएका छन् कि उनीहरुले ज्यान समेत गुमाउनु परेको छ । १८ वर्षका युवक पबजी गेम खेल्दाखेल्दै यतिसम्म उत्साहित भए कि उनलाई अचानक हृदयाघात भयो र उनको मृत्यु भयो । भारतको मध्य प्रदेशको देवास जिल्लाका १८ वर्षकादिपक नामका किशोर गेम खेल्दाखेल्दै अति उत्साहमा जोडले चिच्याए । त्यसपछि अचेत भएका उनको हृदयाघातका कारण मृत्यु भयो ।

देवासको औद्योगिक क्षेत्र शान्तिनगरमा बस्ने ११ कक्षामा छात्र दीपक गेम खेल्दाखेल्दै अचानक चिच्याएका थिए । भारतीय मिडियाका अनुसार गेम खेल्दाखेल्दै अचानक चिच्याएर अचेत भएका उनलाई परिवारले अस्पताल लगेका थिए तर अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो । औद्योगिक क्षेत्र थाना पुलिसले यसको जाँच सुरु गरेको छ । शवको जिल्ला अस्पतालमा पोस्टमाटृम गरिएको छ । परिवारका अनुसार दीपक धेरै नै पबजी गेम खेल्थे र पछिल्लो २ दिन उनी पहिलेभन्दा पनि धेरै मोवाइलमा व्यस्त थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *