कैदीहरु सुतिरहेका बेला जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु

डिसी नेपाल
२३ भदौ २०७८ ११:१०

काठमाडौं। इण्डोनेसियाको राजधानी जाकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान कैदीहरु सुतिरहेको बेलामा भएको थियो ।

बीबीसीका अनुसार जेलको ब्लक सीमा आगलागी भएको थियो । यो ब्लकमा १२२ जना कैदीहरुलाई राखिएको थियो । यो जेलको क्षमता ४० कैदीहरुको मात्र भए पनि यसमा क्षमताको तीन गुणाभन्दा धेरै कैदीहरु राखिएका थिए । यी कैदीहरु लागूऔषध सम्बन्धी मुद्दामा जेलमा थुनिएका थिए ।

दुर्घटनामा दर्जनौं मानिसहरु घाइते भएका छन् जसलाई आइसीयूमा भर्ना गरिएको छ । जेलमा आगलागीको कारणबारे थाहा हुन सकेको छैन । जेलका प्रवक्ताले आगलागीको कारणबारे जाँच भइरहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *