चुनाब प्रचारका क्रममा प्रधानमन्त्रीलाई ढुङ्गा हानियो

डिसी नेपाल
२३ भदौ २०७८ १२:५३

काठमाडौं। चुनाब प्रचारप्रसारका क्रममा क्यानडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार भएको छ । प्रदर्शनकारहिरुले कंकड आकारका ढुंगा हानेका थिए । यी ढुंगाहरु प्रधामन्त्रीको नजिकैबाट गएका थिए । ट्रुडो सोमबार ओन्टारियोको लण्डनमा एक र्यालीबाट फर्केर बसमा चढ्न लाग्दा उनीमाथि ढुंगा प्रहार भएको छ । प्रदर्शनकारीले साना साना ढुंगा फ्याँकेका थिए ।

प्रधानमन्त्री ट्रुडोलाई कुनै चोट भने लागेन । तर, उनले पत्रकारहरुलाई सम्भवतः आफ्नो काँधमा ढुंगा लागेको हुन सक्ने बताएका छन् । क्यानडाको सीटिभी नेशनल न्युजका अनुसार मिडिया बसमा रहेका अन्य २ जनालाई ढुंगा लागेको छ तर उनीहरुलाई चोट भने लागेन ।

अगष्टमा जस्टिन ट्रुडोले क्यानडामा मध्यावधि चुनाबको घोषणा गरेका थिए । तर, कोभिड कोपलाई अनिवार्य बनाउने र अन्य प्रतिबन्धका कारण उनको विरोध भइरहेको छ । उनले चुनाब प्रचार गर्दै गर्दा विरोध प्रदर्शन पनि गरिएका छन् । एक हप्ता पहिले उनको चुनाबी र्यालीमा आक्रोशित प्रदर्शनकारी घुसेपछि उनले र्याली रद्द गर्नुपरेको थियो ।

मंगलबार ट्रुडोले प्रदर्शनकारीहरुको व्यवहार अस्वीकार्य भएको बताएका छन् । उनका अनुसार यो सब चुनावी र्यालीहरुमा मात्र नभइ स्वास्थ्यकर्मी, रेस्टुरेन्ट मालिकहरु र प्रान्तीय राजनेताहरुलाई पनि दुःख दिइएको छ । विपक्षी कन्जरभेटिभ पार्टीले पनि यस किसिमको हिंसाको विरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *