बिटक्वाइनको मूल्य एकै दिन १२ लाखले घट्यो, क्रिप्टोकरेन्सी बजार मूल्यमा ३ खर्ब डलर गिरावट

डिसी नेपाल
२३ भदौ २०७८ १५:३५

काठमाडौं। मध्य अमेरिकी देश एल साल्भाडोले मंगलबार बिटक्वाइनलाई कानुनी टेन्डरको रुपमा स्वीकार गरेसँगै संसारकै सबैभन्दा पुरानो, ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आएको छ । बुधबार यसुको मूल्यमा १० हजार डलर (१२ लाख रुपैयाँ)ले गिरावट आएको छ । बिटक्वाइनको मूल्यमा १७ प्रतिशतसम्म गिरावट आएर ४२ हजार डलरमा झरेको थियो ।

एल साल्भाडोरमा प्राविधिक गडबडीका कारण लञ्चिङ प्रभावित भयो । राष्ट्रपति नयीब बुकेलेले कारोबारको लागि प्रयोग भइरहेको डिजिटल वालेटले काम गरिरहेको छैन । बिटक्वाइनको साथसाथै अन्य क्रिप्टोकरेन्सीको मूल्यमा पनि भारी गिरावट आएको छ । क्वाइनगेकोका अनुसार यो गिरावटबाट क्रिप्टोकरेन्सीको बजार मूल्यमा पछिल्लो २४ घण्टामा ३ खर्ब डलर गिरावट आएको छ ।

यद्यपि दिउँसो हुँदै जाँदा बिटक्वाइनको मूल्यमा सुधार भएको छ । क्रिप्टो एक्सचेन्ज वजीरएक्सका अनुसार दिउँसो सवा २ बजे बिटक्वाइनको मूल्य ११.३१ प्रतिशत गिरावटको साथमा ४५ हजार ७ सय डलरमा कारोबार भइरहेको छ । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी इथेरियमको मूल्य ११.९७ प्रतिशत गिरावटका साथ ३३२३ डलरमा झरेको छ ।

यसैगरी डगक्वाइनको मूल्यमा १५ प्रतिशत, सोलानाको मूल्यमा १२ प्रतिशत, कार्डानोको मूल्यमा १२ प्रतिशत र एक्सआरपीको मूल्यमा १९ प्रतिशत गिरावट आएको छ । अर्कोतर्फ एक्सइसीको मूल्यमा ४ प्रतिशत र एफइटीको मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *