उद्घाटन गर्न गएका थिए राष्ट्रपति, बालकले पहिल्यै रिबन काटिदिए

डिसी नेपाल
२४ भदौ २०७८ १४:५९

काठमाडौं। सामाजिक संजालमा एउटा रोचक भिडियो भाइरल भइरहेको छ । यो भिडियोले इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ । यो भिडियो देखेर मानिसहरु मुस्कुराउन बाध्य भइरहेका छन् । भिडियोमा एक बालक एक उद्घाटन कार्यक्रममा टर्कीका राष्ट्रपतिसँग उभिएका छन् । यही बीचमा ती बालकले त्यो काम गरिदिए जुन काम राष्ट्रपतिले गर्नुपर्ने थियो ।

खासमा टर्कीमा एक राजमार्गको सुरुङको उद्घाटनको लागि देशका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुगेका थिए । यहाँ उनले रिबन काटेर उद्घाटन गर्नुपर्ने थियो । उनको अगाडि केही बालबालिकालाई उभ्याइएको थियो । तर, यही बीचमा एक बालकले रिबन काटेर उद्घाटन गरिदिए । उनले राष्ट्रपति एर्दोगानभन्दा पहिल्यै रिबनको काम तमाम गरिदिए ।

समाचार एजेन्सी रोयटर्सले यो घटनाको भिडियो शेयर गरेको छ । भिडियोमा उक्त कार्यक्रममा अन्य बालबालिकाहरुलाई पनि देख्न सकिन्छ । बालबालिका अगाडि थिए र राष्ट्रपति एर्दोगान उनीहरुको पछाडि उभिएर उनीहरुसँग कुरा गरिरहेका थिए । तर, यही बीचमा उनीभन्दा पहिल्यै एक बालबले उद्घाटन गरिदिन्छन् । यो घटना ४ सेप्टेम्बरको भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *