तालिबानलाई अस्ट्रेलियाको क्रिकेट बोर्डको चेतावनी

डिसी नेपाल
२४ भदौ २०७८ १५:१७

काठमाडौं। तालिबानलाई अस्ट्रेलियाको क्रिकेट बोर्ड क्रिकेट अस्ट्रेलियाले चेतावनी दिएको छ । अफगानी महिलाहरुलाई तालिबानले क्रिकेट खेल्न तालिबानले प्रतिबन्ध लगाउन सक्ने आशंकाका बीच क्रिकेट अस्ट्रेलियाले चेतावनी जारी गरेको हो । क्रिकेट अस्ट्रेलियाले यदि तालिबानले महिलाहरुलाई खेलमा रोक लगाए आगामी नोभेम्बरमा अफगानिस्तानको पुरुष टिमसँग अस्ट्रेलियाको प्रस्तावित टेस्ट खेल रद्द गरिने बताएको छ ।

हालै तालिबानका सांस्कृतिक कमिशन प्रमुख अहमदुल्लाह वासिकले हाम्रो शासनमा महिलाहरु क्रिकेट वा अन्य कुनै पनि खेल खेल्ने छैनन् भनेका थिए । वासिकको यो फरमानपछि अस्ट्रेलिया क्रिकेट बोर्डले यस्तो चेतावनी दिएको हो । वासिकले भनेका थिए कि क्रिकेटमा महिलाहरुले यस्तो स्थितिको सामना गर्नुपर्ने हुन सक्छ जतिबेला उनीहरुको अनुहार र शरीर ढाकिएको नरहन सक्छ र इस्लामले यसको अनुमति दिँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *