नर्भिकमा डा. सन्दीप कुँवरको फ्री ओपिडी हुने

डिसी नेपाल
२५ भदौ २०७८ १८:४१

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत भोलि (शनिबार) पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवर ले फ्री ओपिडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि (शनिबार) डा. कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *