टेक्सासकी नेपाली व्यवसायी यमुनाले सगुनमा ५ लाख डलर लगानी गरिन्

डिसी नेपाल
२६ भदौ २०७८ ३:३५

अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने नेपाली व्यवसायी यमुना भट्टराईले नेपालीहरूले शुरू गरेको इकमर्श कम्पनी सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छिन्।

सगुनमा गरेको लगानीबारे सोधिएको प्रश्नको जवाफ दिंदै भट्टराईले भनिन्,‘मैले एउटा स्टार्ट अप कम्पनीमा लगानी गरुंला भनेर कहिल्यै सोचेकी थिइन, तर सगुनको दीर्घकालिन भिजन, बलियो टिम, विशिष्ट प्राविधिक नवप्रवर्तन, हालै भएका उपलब्धिहरु र भरपर्दो भावी व्यापार योजना देख्दा म सगुन सफल हुनेमा पूर्ण विश्वस्त छु ।’ उनले सगुनसंग जोडिन पाएकोमा खुसीसमेत व्यक्त गरिन् ।

सगुनले भट्टराईलाई आफ्नो अभियानमा जोड्न पाउँदा खुसी व्यक्त गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले भने, “श्रीमती भट्टराईले हाम्रो यात्रालाई लामो समयदेखि नियालिरहनु भएको थियो ।”

उनले भट्टराईले सगुनमा गरेको लगानीबाट आफूहरु थप उत्साहित भएको पनि बताए र भने, “उहाँजस्ता प्रवासमा बस्ने धेरै नेपाली तथा दक्षिण एसियाली उद्यमीहरुले सगुनजस्ता स्टार्टअप कम्पनीहरुले प्रदान गर्ने अवसरबारे जानकारी राख्नु निकै उत्साहजनक कुरा हो ।”

अमेरिकामा व्यवसाय गरेर सफलता प्राप्त गरिरहेकी व्यबसायी भट्टराईको व्यवसायिक यात्रा निकै प्रेरणादायी भएको बताउंदै सगुनका सहसंस्थापक, कबिन सिटौलाले भने, “उहाँ एक मेहनती, सफलता पछ्याउने र महत्वाकांक्षी महिला व्यवसायी हुनुहुन्छ जसले सफल उद्यमी बन्न चाहने कुनै पनि महिला वा जो कोहीलाई उत्प्रेरित गर्न चाहनु हुन्छ।

उहाँको लामो व्यावसायिक अनुभवले सगुनलाई अर्को चरणको वृद्धि तथा विस्तारमा सघाउ पुर्याउने हामीले विश्वास लिएका छौं । साथै उहाँले प्रविधिमा आधारित एउटा विश्वव्यापी कम्पनीको विकास यात्रामा सहभागी हुने विशेष अनुभव पनि प्राप्त गर्नु हुने छ ।”

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ । सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी ’ स्मार्ट क्वोइन’ हरु आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ’स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन् ।

हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेडलाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै सपिंग तथा “भ्वाइस स्टोरी” फिचरहरु पनि बजारमा आउंदै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *