उडिरहेका भँगेराहरु आकाशबाट रहस्यमय तरिकाले खसेर मरेका भँगेराको थुप्रो लाग्यो

डिसी नेपाल
२६ भदौ २०७८ १४:१५

काठमाडौं। आकाशमा उडिरहेका भँगेरा चराहरु अचानक रहस्यमय तरिकाले भुइँमा खसेर भुइँमा मरेका भँगेराहरुको थुप्रो लागेको भेटिएको छ । यी मरेका भँगेराहरु इण्डोनेसियाको एक चिहानघाटमा खसेका थिए । इण्डोनेसियाको बालीमा बिहीबार एक स्थानीयले यीस् असंख्य मरेका भँगेराहरु फेला पारेका हुन् । यी भँगेराहरु बालीको गियानयारमा एक चिहानघाटमा थुप्रो लागेका थिए ।

द सनको रिपोर्टअनुसार सुरुमा स्थानीय अधिकारीहरुले यी चराहरु मर्नुको कारण मौसममा खराबी आउनु र सम्भवतः अम्लीय वर्षा हुन सक्ने बताएका थिए । शनिबार भने स्थानीय प्रशासनले अर्को एक वक्तव्य जारी गर्दै यी चराहरु मर्नुको कारण कीटनाशक भएको बताएको छ । यी मरेका चराहरु फेला परेको केही समयमै इण्डोनेसियाको प्राकृतिक संसाधन संरक्षण केन्द्र (बीकेएसडिए) ले यस क्षेत्रमा यस्तो घटना पहिलो पटक भएको बताएको थियो । केन्द्रले वर्षामा ठूलो मात्रामा अम्ल भएको हुन सक्ने बताएको थियो ।

गिआरयार रिजेन्सीको पशु स्वास्थ्य विभागका प्रवक्ता मादे सान्तिआर्काले पनि खराब मौसमका कारण चराहरु मारिएको हुन सक्ने बताएका थिए । तर, बीकेएसडिएले शनिबार आफ्नो पुरानो बयान परिवर्तन गर्दै त्यस क्षेत्रमा प्रयोग गरिने कीटनाशकका कारण ती चराहरु मरेको बताएको छ । यस विषयमा अझै जाँच भइरहेको छ वा जाँच सकिएको हो भन्ने प्रस्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *