अमरुल्लाह सालेहको घरबाट ६.५ मिलियन डलर र १८ सुनका ईट्टा भेटियो

डिसी नेपाल
२९ भदौ २०७८ १३:५४

काठमाडौं। अफगानिस्तानमा तालिबानको शासन छ । तालिबानका लडाकुहरुले काबुलमा देशका पूर्व उपराष्ट्रपति तथा वार लर्ड भनिने अब्दुल रशीद दोस्तमको भव्य हवेली कब्जा गरेर राखेका छन् । तालिबानले अब आफैंलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपति घोषित गरेका अशरफ गनी सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहमाथि पनि गम्भीर आरोप लगाएको छ ।

अफगानी मिडिया टोलो न्यूजका अनुसार तालिबानले पंजशीरमा युद्ध लडिरहेका अमरुल्लाह सालेहको घरबाट साढे ६ मिलियन डलर नगद र १८ वटा सुनका ईट्टा जफत गरिएको दावी गरेको छ । तालिबानले सोमबार यस्तो दावी गरेको छ । तालिबानको सांस्कृतिक आयोग र मल्टिमिडिया शाखाका प्रमुख अब्दुल्लाह मुत्ताकीले एक भिडियो ट्वीट गर्दै यस्तो दावी गरेका हुन् ।

मुत्ताकीको तर्फबाट जारी गरिएको १ मिनेट २६ सेकेण्डको भिडियोमा ८ देखि १० जना तालिबानी लडाकुहरुले २ सुटकेसमा राखिएका अमेरिकी डलरका मुठाकरु र सुनका ईट्टाहरुको जाँच पडताल गरिरहेको देख्न सकिन्छ । केहीले आफ्नो मोवाइल फोनबाट भेटिएकाने डलर र सुनको फोटो खिचिरहेका छन् । यो रकम कहिले जफत गरिएको हो भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।

यसअघि तालिबानले पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका दाजुको हत्या गरेको थियो । अमरुल्लाह सालेहले पंजशीरमा तालिबान विरोधी समूहको नेतृत्व गरिरहेका छन् । सालेह अहिले पनि तालिबानविरुद्ध युद्ध लडिरहेका छन् । पंजशीरमा तालिबानको कब्जापछि भने अमरल्लाह सालेह र अहमद मसूद सुरक्षित स्थानतर्फ गएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *